सन्तोष ढुंगाना (Santosh Dhungana)

यहाँहरुलाई मेरो आधिकारीक वेबसाइटमा स्वागत छ । मेरो वेबसाइट भ्रमण गर्नु भएकोमा धन्यवाद ।

मेरो बारेमा (ABOUT SANTOSH)

संक्षिप्त जीवनी (Biography)

       

       सन्तोष ढुंगाना (Santosh Dhungana) को जन्म वि.सं. २०५३ आषाढ २ गते शुक्रबारका दिन ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं.-३ (साविकः दियाले गा.वि.स. वडा नं. - ९) मा भएको हो । पिता हर्कलाल र माता हरी मायाका कान्छो सुपुत्र सन्तोषले आफ्नो प्रारम्भिक शिक्षा ओखलढुङ्गाको दियाले/ चिशंखुगढी (साविकको पोखरे) को सरस्वती माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण भई उच्चशिक्षाको लागि काठमाण्डौको चाबहिल स्थित पुष्पलाल मेमोरियल कलेजबाट स्नातक तह उर्तीण गरी त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् । न्यून / मध्यम परिवारमा जन्मिएका ढुंगाना विद्यालय स्तरबाट नै शान्त, शालीन र सटीक निर्णय लिन सक्ने क्षमता भएका, विवेकशील, बोल्क्ड, हक्की, फुर्तिलो, चलाख, अनुशासित, इमानदारी र साहित्य क्षेत्रमा अभिरुचि राख्ने विद्यार्थीका रुपमा परिचित छन् भने विभिन्न किसिमका साहित्यिक कार्यक्रमहरूमा भाग लिने, साहित्यिक पत्रिकाहरूमा आफ्ना लेख रचनाहरू प्रकाशित गर्ने गर्दै उनले आफ्नो अध्ययनलाई समेत अगाडी बढाउदै लगे । जिन्दगीलाई सकारात्मक र फरक शैलीको दृष्टिकोणबाट निहाल्नु पर्दछ भन्ने धारणा राखी उनले आफ्नो जीवनलाई अगाडि बढाउदै लगे । 

        ढुंगानाले राष्ट्र प्रेम झल्किने नेपाली कथा, कविता, मुक्तक, गजल साथसाथै समसामयिक तथा विषय परक लेखहरू पनि लेख्ने गर्दछन् । साहित्यिक लेखनसँगै कथा, कविता, गजल, मुक्तक वाचनमा पनि उनको विशेष अभिरुचि छ । देश, समाज, मानव जगतको कल्याणका पक्षमा वकालत गर्ने उनका रचना, विचारमा पनि त्यसको वास्तविकता झल्किएको पाइन्छ । साथै ढुंगाना फुर्सदको समयमा अध्ययन, पत्रपत्रिका पढ्न, नयाँ नयाँ विषयवस्तुको खोजी गर्न, सङ्गीत सुन्न, विभिन्न स्थानहरू भ्रमण गर्न तथा पद यात्रा (Trekking) गर्न रुचाउँछन् । 

 

Biography

Santosh Dhungana was born on 2 Ashadh 2053 BS in Chishankhugadhi Rural Municipality Ward No.-3 (Diyale VDC Ward No.-9) of Okhaldhunga district. Santosh, the youngest son of father Harka lal and mother Hari maya, received his primary education in Okhaldhunga Diyale and S.L.C. from Saraswati Secondary School, Khanibhanjyang in Chishankhugadhi (Pokhare). After passing, he completed his higher education from Pushpalal Memorial College in Chabahil, Kathmandu, and completed his postgraduate studies in political science from Tribhuvan University. Born in a low/middle class family, Dhungana is a calm, decent and decision-making student. He is known for his intelligence, judgment, boldness, agility, agility, discipline, honesty, and moral character. He participates in various sports programs. Taking, publishing literary editorials and contemporary articles has advanced his studies. The idea that a person is born from a positive and different perspective makes his life move forward.

Dhungana writes Nepali stories, poems, free verse, ghazals that reflect love for the nation, as well as contemporary and topical articles. He also has a special interest in literary writing, stories, poetry, ghazals, free reading. Advocacy for the welfare of the country, society, and humanity is also reflected in his thoughts. In his spare time, Dhungana likes to study, read newspapers, search for new topics, listen to music, visit different places, and go trekking.


📝ब्लग (Blog)

लेखन यात्रा

फागुन १५, २०७२

पहिलो पटक कविता लेख्दा मेरो मनमा के-के भयो,त्यसको वर्णन यही छ...

कविताका छायाँहरू

चैत २, २०७२

मनभित्रका भावनालाई शब्दमा पोख्ने यात्राको कथा...

📬 उहाँसँग कुनै पनि विचार/जिज्ञासा/प्रतिक्रिया भएमा सम्पर्क गर्नुहोस् ।

🌐सामाजिक सञ्जालमा पछ्याउनुहोस् ।

Gmail Facebook Twitter YouTube Instagram LinkedIn TikTok Threads VK Discord Reddit Flickr Pinterest WhatsApps

©2019-2026 | All Rights Reserved SANTOSH DHUNGANA |